अवैध रूपमा नेपाल भित्र्याइएको चाँदीसहित एक भारतीय नागरिक पक्राउ

अवैध रूपमा नेपाल भित्र्याइएको चाँदीसहित एक भारतीय नागरिक पक्राउ

  • , 4.6K जनाले हेर्नुभयो
  • 4.6K
    SHARES

  • अवैध रूपमा नेपाल भित्र्याइएको चाँदीसहित एक भारतीय नागरिक पक्राउ

    विराटनगर, २२ असार – सिमावर्ती बजार भारतको जोगवनीबाट विराटनगरतर्फ ल्याउँदै गरेको अवैध १९ तोला ९३ ग्राम चाँदीसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय रानी विराटनगरले भारतको अररिया जमुवा ग्रामपञ्चायतका २२ वर्षीय राजकुमार साहलाई विराटनगर – १५ हुलास मेटल चोकबाट अवैध रूपमा भित्र्याएको चाँदीसहित पक्राउ गरेको हो ।

    शंकास्पद् लागेपछि चेकजाँच गर्ने क्रममा उनको साथबाट अवैध चाँदी फेला परेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तौष निरौलाले जानकारी दिए ।

    साहले बोकेको झोलाबाट प्रहरीले चाँदीको तयारी गहना, हातमा लगाउने पञ्जा २ जोर, औंठी २४ वटा, स–साना चाँदीका दानाहरू बरामद गरेको छ ।

    विराटनगरका सुनचाँदी व्यापारीहरूले काचो चाँदी लुकाइछिपाइ गरेर भारत पुर्‍याउने र आर्षणक गरगहना बनाएर अवैधरूपमा नेपाल भित्र्याउने गरेको बताइएको छ । नेपालमाभन्दा भारतमा तयारी गरगहना बनाउँदा ज्याला सस्तो हुने र आकर्षक बनाउने भएकाले व्यापारीहरूले भरिया प्रयोग गरी अवैध रूपमा कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

    प्रहरीले बरामद गरेको अवैध चाँदी बिहीवार विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

    तीनपटकमा २ केजी ७० तोला बरामद!

    इलका प्रहरी कार्यालय रानी विराटनगरले चालु आर्थिक वर्षको असार २१ गतेसम्म तीनपटक भारतबाट नेपाल ल्याउँदै गरेको अवैध चाँदी बरामद गरेको छ । तीन पटकमा प्रहरीले पक्राउ गरेका तीन जनाबाट २ केजी ७० तोला अवैध चाँदी बरामद गरेको इलका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक निरौलाले जानकारी दिए ।

    एक महिनाअघि मात्र पनि विभिन्न सामाग्रीहरू बनाएर नेपाल ल्याउँदै गरेको ५१ तोला चाँदी बरामद भएको थियो ।

    सम्बन्धित खवर