नेयमार सनक ! छोरासँग क्वार्टरफाइनल अभ्यास

नेयमार सनक ! छोरासँग क्वार्टरफाइनल अभ्यास

  • , 6.9K जनाले हेर्नुभयो
  • 6.9K
    SHARES

  • नेयमार सनक ! छोरासँग क्वार्टरफाइनल अभ्यास

    काठमाडौं । ब्राजिलियन स्टार नेयमारले आफ्नो छोरासँगै फुटबलको अभ्यास गरेका छन् । क्वार्टरफाइनलको आगामी खेलको लागि तयारीमा रहेका नेयमार बुधबार भने छोराको साथमा मैदानमा देखिएका हुन् । The Brazil winger enjoyed spending time with his son during the session in Sochi

    बुधबारको अभ्यासमा केही समय उनले आफ्नो छोरा डाभी लुकासँग बिताएका थिए । रक्षापंक्तिका मार्सेलो र गोलरक्षक एलिसनले पनि एक दिनअघि आफ्ना बच्चाहरुसँग फुटबल खेलेका थिए ।
    On Tuesday Marcelo was also joined by his child when Brazil trained before their quarter-final
    शुक्रबार ब्राजिल र बेल्जियमको विरुद्धमा क्वार्टरफाइनलको खेल हुन गइरहेको कारण ब्राजिल अहिले पूर्ण तयारीमा देखिएको हो । बुधबारको अभ्यासमा नेयमारमा सबैको आँखा रहेको थियो । यो विश्वकपमा आफ्नो गतिविधिको कारण नेयमार सबैभन्दा बढी आलोचित बनेको कारण पनि उनीमा धेरैको आँखा परेको हो ।

    गत सोमबार अन्तिम १६ को खेलमा ब्राजिलले मेक्सिकोलाई २–० गोल अन्तरले पराजित गरेको थियो । अभ्यासको क्रममा केही सामान्य किसिमको तालिम मात्र दिइएको भए पनि यो समय आगामी खेलको लागि फिट रहन निकै महत्वपूर्ण रहेको बताइएको छ ।

    ब्राजिलले क्वार्टरफाइनलमा बेल्जियमलाई पाखा लगाउन सकेको खण्डमा उसको भेट सेमिफाइनलमा उरुग्वे वा फ्रान्ससँग पर्नेछ । पाँचपटकको उपाधि विजेता ब्राजिलले सन् २००२ यता भने विश्वकपको उपाधि जित्न सकेको छैन ।

    Neymar was joined by his son Davi Lucca for Brazil's latest training session in Russia

     

     

    सम्बन्धित खवर