पेनाल्टीमा भाग्य चम्किएपछि इङ्ल्याण्ड क्वाटरफाइलनमा

पेनाल्टीमा भाग्य चम्किएपछि इङ्ल्याण्ड क्वाटरफाइलनमा

  • , 6.2K जनाले हेर्नुभयो
  • 6.2K
    SHARES

  • पेनाल्टीमा भाग्य चम्किएपछि इङ्ल्याण्ड क्वाटरफाइलनमा

    मस्को : रुसमा जारी फिफा विश्वकपको प्रिक्वाटरफाइलनको मंगलबार रातिको खेलमा इङ्ल्याण्ड कोलम्बियामाथि जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  कडा प्रतिस्पर्धात्मक खेलमा इङ्ल्याण्ड पेनाल्टी सुटआउटमा ४–३ ले बाजी मार्न सफल भएको हो ।

    पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिंएको खेलको करीब दोस्रो हाफको १० मिनेटपछि इङ्ल्याण्डले पेनाल्टीको अवसर पायो । कप्तान हेरी केनले पेनाल्टीको सदुपयोग गर्दै ५७ औं मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाए ।

    इङ्ल्याण्ड जितको नजिकको पुगेको बेलामा कोलम्बियाका डिफेन्डर एरी मिनाले ९० मिनेटपछिको अतिरिक्त समय ९३ अाैं मिनेटमा गोल गरी बराबरी गरेपछि खेल अतिरिक्त समय हुँदै ट्राइब्रेकरमा पुगेको थियो ।

    सुरुमा २–२ गोल भएपछि कोलम्बिया र इङ्ल्याण्डका गोलकिपरले एक-एक पेनाल्टी बचाएको थिए । कोलम्बियाका उरीबले प्रहार गरेको पेनाल्टी पोस्टको बारमा ठोक्किएर बाहिरिएको थियो ।

    यस खेलसंगै रुस विश्वकपको प्रिक्वाटरफाइनलका खेल सक्किएको छ । क्वाटर फाइनलका खेल शनिबार र आइतबार हुनेछन् ।

    सम्बन्धित खवर