प्रहरीले ठूलो परिमाणमा हतियार र गोलीसहित ५ जनालाई पक्राउ

प्रहरीले ठूलो परिमाणमा हतियार र गोलीसहित ५ जनालाई पक्राउ

  • , 5K जनाले हेर्नुभयो
  • 5K
    SHARES

  • प्रहरीले ठूलो परिमाणमा हतियार र गोलीसहित ५ जनालाई पक्राउ

    संखुवासभा — प्रहरीले ठूलो परिमाणमा हतियार र गोलीसहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरिएको छ ।

    प्रहरी नायव उपरीक्षक श्यामकुमार सारुमगरका अनुसार सिलिचोङ गाउँपालिका-५ वातेम्बाका केदार राई, चिचिला-२ का सुरेन्द्र राई, सिलिचोङ-४ का पूर्णकुमार राई, सिलिचोङ-४ का सूर्यबहादुर राई र भारत बिहारका मोहम्मद मुन्ना खान पक्राउ परेका हुन् ।
    उनीहरुको साथबाट ७६५७ राउन्ड यूएसए लेखिएको पेस्तोल, १४ राउन्ड गोली, २ थान म्यागजिन, थ्रीनट थ्री राईफल २ थान, कटुवा पेस्तोल १ थान, त्यसमा प्रयोग गरिने गोलीहरु र विस्फोटक पदार्थ पनि बरामद गरिएको उनले बताए । प्रहरीले राईफलको १० थान गोली, गोलीको खोकाभित्र राखिएको विस्फोटक पदार्थ, तार जडित डेटोनेटर, त्यसको खाली कभर २ थान, एन्टेना जोडिएको सेतो रंगको रिमोट पनि सार्वजनिक गरेको छ ।
    भरुवा बन्दुक १ थान र बारुद, सोडा, गन्धकलगायतका पदार्थ पनि भेटिएको उनले बताए ।

    सम्बन्धित खवर