रडले हानेर ससुराको हत्या, सासू गम्भीर घाइते, ज्वाइँ पक्राउ

रडले हानेर ससुराको हत्या, सासू गम्भीर घाइते, ज्वाइँ पक्राउ

  • , 8.4K जनाले हेर्नुभयो
  • 8.4K
    SHARES

  • रडले हानेर ससुराको हत्या, सासू गम्भीर घाइते, ज्वाइँ पक्राउ

    आफ्नै ज्वाइँले रड प्रहार गर्दा घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ

    स्याङ्जाको विरुवा गाउँपालिका–३, राङभाङ बस्ने ७८ वर्षीय मोहनसिंह थापा निजकै रहेका छोरी ज्वाइँ खुमबहादुर थापाले असार १७ गते राति रड प्रहार गर्दा घाइते भएका थिए।

    उपचारका क्रममा फिस्टेल अस्पताल, पोखरामा बुधबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

    छोरी ज्वाइँ खुमबहादुरले प्रहार गरेको रडबाट घाइते भएकी मोहनसिंहकी श्रीमती ६९ वर्षीया चित्रकुमारी थापाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र निजको फिस्टेल अस्पताल पोखरामै उपचार भइरहेको छ ।

    रड प्रहार गरी घाइते बनाउने मृतकका आफ्नै ज्वाइँ खुमबहादुर थापालाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।रासस

    सम्बन्धित खवर