छाउगोठमै १५ वर्षीया किशोरी बलात्कृत

छाउगोठमै १५ वर्षीया किशोरी बलात्कृत

  • , 9.6K जनाले हेर्नुभयो
  • 9.6K
    SHARES

  • छाउगोठमै १५ वर्षीया किशोरी बलात्कृत

    सुर्खेत – महिनाबारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

    पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

    छाउगोठमा सुतिरहेकी किशोरीलाई सोमबार राति १२ बजेतिर चेतन गिरी, जनक शर्मा र पदम गिरीले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । तीनैजनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

    प्रहरीका अनुसार महिनाबारी भएका दुई किशोरी घरदेखि टाढाको छाउगोठमा सँगै सुतिरहेका थिए । तीमध्ये एकलाई राति १२ बजे छाउगोठबाट बाहिर निकालेर अर्कीमाथि बलात्कार भएको थियो ।

    सम्बन्धित खवर