भारतीय मनपरीविरुद्ध सुस्तावासी, फुटाले नेपाली भूभाग डुबाउने गण्डक नहर

भारतीय मनपरीविरुद्ध सुस्तावासी, फुटाले नेपाली भूभाग डुबाउने गण्डक नहर

  • , 9.8K जनाले हेर्नुभयो
  • 9.8K
    SHARES

  • भारतीय मनपरीविरुद्ध सुस्तावासी, फुटाले नेपाली भूभाग डुबाउने गण्डक नहर

    नवलपरासीको सुस्तासवासीले पानी निकासको व्यवस्था नगर्दा डुबानमा परेको जनाउँदै भारतको मुख्य पश्चिमी गण्डक नहर फुटालेका छन् ।

    सुस्ता–२ का गुदरियाका स्थानीयले नहर फुटाएका हुन् । नहरका कारण लक्ष्मीपुरमा लगाएको २ सय बढी बिगाहा धानबाली डुबानमा परेको परेको थियो । गत वर्ष पनि नहरका कारण डुबानमा परेको जनाउँदै रुपौलियाका स्थानीयले बाँध फुटाएका थिए ।

    पानी निकासका लागि बनाइएका साइफनहरू मर्मत र सफाई नगर्दा धानबाली डुबानमा परेको सुस्तावासी बताउँछन् । खेतलाई डुबान गरेको पानी स्थानीयले उत्तरतर्फको गण्डक नहरमा छाडिदिएका छन् ।

    हरेक वर्ष साइफन मर्मत तथा सफा गर्ने जनाएपनि भारतीय पक्षले अटेर गर्ने गरेका कारण डुबानमा पर्दै आएको स्थानीयले बताएका छन् । नहर फुटाएपछि स्थानीय जनप्रतिनिधि र गण्डक सिँचाइ व्यवस्थापन डिभिजन समेरीका प्राविधि सहितको टोलीले निरीक्षण गरेको थियो । डिभिजन कार्यालयका प्रमुख इन्जिनियर टीकाराम बरालले नहर फुटाएकोबारे भारतीय पक्षलाई जानकारी गराएको बताए ।

    ‘हामीले नहर फुटाएकोबारे भारतीय सिँचाई कार्यालयका इन्जिनियरलाई जानकारी गराएका छौं, उनीहरूले आन्तरिक छलफल गरेर समस्या समाधानका लागि आउँछौ भनेका छन्,’ बरालले भने  । रानीनगरसहित ३–४ स्थानमा निर्माण गरिएको साइफन सफा नगर्दा पानी निकास हुन नपाएको उनले बताए ।

    प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भारतीय पक्षले खेतको पानी निकासका लागि राखेको ह्युम पाइप नहरभन्दा माथि भएकाले निकास हुन नपाएकाले डुबानमा परेको बताए । तत्काल समस्या समाधानका लागि स्थानीयले पानीको निकास मात्र गरेको जनाउँदै सामान्य मौसम अवस्थामा आएपछि पुनः पुर्न सकिने लामिछानेले बताए ।

    भारतीय पक्षसँग तत्काल समस्या समाधानको लागि छलफल कार्य अघि बढाउने पहल भएको उनले बताए ।

    सम्बन्धित खवर