भारतीय सवारी साधन दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ अन्य दुईको अवस्था गम्भीर

भारतीय सवारी साधन दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ अन्य दुईको अवस्था गम्भीर

  • , 7.3K जनाले हेर्नुभयो
  • 7.3K
    SHARES

  • भारतीय सवारी साधन दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ अन्य दुईको अवस्था गम्भीर

    इटहरी  : सुनसरीको कोशी कटानमा भारतीय सवारी साधन दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन् । इनरुवाबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ०६ टीबी ६४१८ नं. को भारतीय बोलेरो जीप महेन्द्र राजमार्गबाट पल्टेर कोशी कटानको दहमा डुबेको हो ।

    दुर्घटनामा भारतको सुपौल जिल्लास्थित लक्ष्मनीयाका ६ जनाको ज्यान गएको छ भने घाइते तीनमध्ये अन्य दुईको अवस्था गम्भीर छ् । मृत्यु हुनेमा ७ वर्षका गोनुकुमार र ४० वर्षका सञ्जीव कुमारको नाम खुलेको छ । अरुको पह्चिान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए।

    दुर्घटनालगतै नजिकै रहेको प्रहरी चेकपोइन्टका प्रहरी टोलीले उनीहरुको उद्धार गरेर अस्पताल पु¥याएको थियो । तीन जनाको जिल्ला अस्पताल इनरुवामा र तीन जनाको विराटनगरस्थित सञ्जीवनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

    सम्बन्धित खवर