चितवनबाट आयो यस्तो दुखद खबर..होटलको स्विमिङ पुलमा डुबेर मृत्यु

चितवनबाट आयो यस्तो दुखद खबर..होटलको स्विमिङ पुलमा डुबेर मृत्यु

  • , 4.5K जनाले हेर्नुभयो
  • 4.5K
    SHARES

  • चितवनबाट आयो यस्तो दुखद खबर..होटलको स्विमिङ पुलमा डुबेर मृत्यु

    रत्ननगर, चितवन, ९ असार चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि आएका एकजनाको मृत्यु भएको छ ।

    होटलमा पौडी खेल्ने क्रममा डुबेर काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–११ नेपालटारका २६ वर्षीय रामबहादुर बस्नेतको मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा, आचार्यले जानकारी दिनुभयो ।

    गएराति करीब ९ बजे नुहाउने क्रममा पानीमा डुबेर बेहोस भएका उनको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा करीब ११ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    परिवारसहित मनकामना दर्शनका लागि आएका उनीहरु साँझ होटलमा बसेर पौडी खेल्न थालेका थिए ।

    उनीहरुको आज बिहान मनकामना दर्शन गर्ने योजना रहेको परिवारलाई उद्धृत गर्दै आचार्यले जानकारी दिनुभयो ।

    र यो पनि पढ्नुसः फरार अभियुक्त पक्राउ

    स्याङ्जामा एक महिलालाई हत्या गरी फरार रहेका एकजनालाई शुक्रबार पूर्वी नवलपरासीबाट प्रहरीले पक्राउ गरेको छ ।

    गत जेठ २६ गते एक महिलाको हत्या गरी फरार रहेका स्याङ्जा पुतलीबजार नपा वडा नं २ चिरुवा बस्ने ४६ वर्षीय राजु भन्ने टेकबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।

    स्याङ्जा पुतलीबजार नपा वडा नं २ चिरुवा बस्ने ५५ वर्षीया माइली भन्ने दिलमाया विकलाई हत्या गरी फरार भई यस क्षेत्रमा लुकीछिपी बसिरहेको विशेष सुराकीका आधारमा विकलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    लागुऔषध कारोवारी पक्राउ

    पूर्वी नवलपरासीको गैँडाकोटबाट शुक्रबार एकजना युवालाई प्रहरीले प्रतिबधिन्त लागुऔषधसहित पक्राउ गरेको छ ।

    पूर्वी नवलपरासी गैँडाकोट नपा वडा नं ७ बस्ने २४ वर्षीय सुजन विकको घरमा खानतलासी गर्दा प्रहरीले प्रतिबन्धित लागुऔषध फेला परेको हो ।

    विकको घरबाट प्रहरीले लागुऔषध सेरिजेक ५० एम्पुल, फेनारगन ४० एम्पुल, नुर्फिन ४३ एम्पुल गरी जम्मा १३३ एम्पुल र लागुऔषधका फुटेका केही टुक्रासमेत फेला पारेको जनाएको छ । via internet khabar

    सम्बन्धित खवर