वडा अध्यक्ष द्वारा धारिलो हतियार प्रहार, ४ गम्भिर घाइते

वडा अध्यक्ष द्वारा धारिलो हतियार प्रहार, ४ गम्भिर घाइते

  • , 5.4K जनाले हेर्नुभयो
  • 5.4K
    SHARES

  • वडा अध्यक्ष द्वारा धारिलो हतियार प्रहार, ४ गम्भिर घाइते

    रौतहट / पुरानो रिसिवीका कारण वडा अध्यक्षले एकै परिवारका ४ जना माथी धारिलो हतियार प्रहार गरेका छन् । रौतहटको बौधिमाई नगरपालिकाको वडा नं ७ का वडा अध्यक्ष बिजय कुशवाहाले सडक विस्तार गर्नको लागि आफ्नो बिपक्षीको जग्गामा जर्बजस्ती डोजर चलाएर खेतबाट माटो खनिएको बिषयमा विवाद हुदा वडाअध्यक्ष कुशवाहाले धारिलो हथियार प्रहार गरी गम्भिर घाईते बनाएका हुन् ।

    खेत अगाडि सडक बिस्तार गर्न कागजाती हिसाबले पनि सबै ठाउँ भन्दा बढी चौडा रहेको भनी जग्गा धनी शिव गोबिन्द कुशवाहाले १ महिना अगाडि रोक लगाएको थियो । रोकाको लागि जिल्ला अदालत बाट आदेश पत्र पठाई सो विवादीत कामलाई हेर्नका लागि प्रहरी चौकी बंकुलको प्रहरी पूर्व ईन्चार्ज दिनानाथ यादबको नेतृत्वमा खटाईएको थियो । त्यो बेला पनि वडाअध्यक्ष कुशवाहाले कुनै वास्ता नगरी ईन्चार्ज यादव समेत सँग झगडा गरेको पीडित गोबिन्दले बताए ।

    केही दिन यता सडक विस्तार कार्य रोकिएको थियो सोही बिषयलाई लिएर हिजो शनिबार सडक ढलाईको वेला पीडित शिव गोबिन कुशवाहा विवाद मिलाएपछि मात्र काम अगाडी बढाउनु होला भन्न खोज्दा वडाअध्यक्ष कुशवाहाले आफ्नो ५० जनाको समूहमा आएर शिव गोविन्द कुशवाहा, महानन्द कुशवाहा, रामेश्वर कुशवाहा लगायत ४ जनालाई धारिलो हथियार प्रहार गरि ज्यान लिने गरी टाउ र शरीरको विभिन्न भागमा गम्भिर घाउ बनाएको पीडित कुशवाहाले बताएका छन ।Satya samachar

    सम्बन्धित खवर